काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईलाई मन खोलेर भोट दिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । राई कुनैबेला एमालेकै उपाध्यक्ष भएको स्मरण गदैं ओलीले राई आफनो उपाध्यक्ष नै भएको भन्दै मत दिन आग्रह गरेका हुन् ।
जसपाका वरिष्ठ नेता राई नेकपा एमालेको साथ लिएर सुनसरी क्षेत्र नम्बर १ मा चुनाव लड्दैछन् । तर त्यहाा एमालेकै पूर्व नगरप्रमुख बागी उम्मेदवार उठेपछि राईलाई अप्ठ्यारो परिरहेको छ ।
शुक्रवार धरानमा आयोजित चुनावी सभालाई सम्वोधन गदैं ओलीले भने, ‘२०४७ साल बैशाख १८ गते धरानमा सम्बोधन गर्दा अशोक राई पनि हुनुहुन्थ्यो यहाँ मसँग । उहाँ त मेरो उपाध्यक्ष नै हो । भीम आचार्यजीसहित अरु साथीहरु हुुनुहुन्थ्यो । त्यसवेला हामी २०४७ सालमा ल्याएको परिवर्तनको खुशीयाली मनाइरहेका थियौं ।’
ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको पनि बताए ।
‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’, ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए ।
‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’
प्रतिक्रिया