१९ मंसिर २०८०, मंगलबार

आफ्नो उम्मेदवारलाई मत माग्न देउवा र प्रचण्ड चितवनमा, ओली धरानमा



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धन र एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितको अर्को गठबन्धन चुनावी मैदानमा छन् ।

आफ्नो गठबन्धन र उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्यसहित शीर्षनेताहरु दोडाहमा छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्षनेताहरु चितवनमा हुने कार्यक्रममा सहभागी हुँदै छन् ।

उता एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार सुनसरी पुगेका छन् । धरानमा आयोजित चुनावीसभालाई उनले सम्बोधन गरेका छन् ।

गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको बताएका ओलीले एमालेसँगको सहकार्य गरेकाले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ०७ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ