१९ मंसिर २०८०, मंगलबार

ठाकुर गैरेको संकल्पः सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु



बुटवल । एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए ।

नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए ।

मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधैं जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

पाल्पा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा रहे । उनले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाए ।

क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं। २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहे ।

घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई विश्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आकर्षणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताए ।

घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा बृद्धि गर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा संञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफु प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ४८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ