१९ मंसिर २०८०, मंगलबार

डिभोर्सको एक वर्षपछि रोमान्स गर्दै सामन्था र नागा



मुम्बई । साउथ इन्डियन स्टार सामन्था रुथ प्रभुको फिल्म ‘यशोदा’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरिरहेको छ । यसैबीच, सामन्था अटो इम्यून रोगबाट पीडित भइरहेको चर्चा पनि छ ।

सामन्थाका पूर्वपति अभिनेता नागा चैतन्य उनको स्वास्थ्य अवस्था बुझ्न भेट्न जान लागेको चर्चा चले पनि सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यद्यपि, उनले भेटे वा भेटेनन् खुलेको छैन ।

सामन्था र नागाले साउथमा कैयौं हिट फिल्म दिएका छन् । दुवैलाई दर्शकले उत्तिकै मन पराउँछन् । तर, वर्षदिन अघि यो जोडीले डिभोर्स गरेपछि उनीहरूका फ्यान निराश भएका थिए ।

यो जोडी डिभोर्सको एक वर्षपछि पुनः जोडिने भएका छन् । उनीहरूले पुनः विवाह गर्ने नभई व्यवसायिक सहकार्य गर्न लागेका हुन् । एक व्यावसायिक विज्ञापनका लाग उनीहरू रोमान्स गर्न लागेका हुन् ।

नागा र सामन्थाले ‘ओह बेबी’, ‘मजिली’ र ‘ये माया चेसाबे’ जस्ता हिट फिल्ममा सहकार्य गरिसकेका छन् । कफी विथ करणमा केही महिनाअघि सामन्थाले नागाका बारेमा आफ्नो कुनै भावना नआए पनि भविष्यमा सहकार्य गर्नु परे आफू तयार रहेको बताएकी थिइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  २ : १४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ