१९ मंसिर २०८०, मंगलबार

१८ लाखको घडी फेला परेपछि शाहरुखलाई विमानस्थल भन्सारले रोक्यो, ७ लाख जरिवाना



मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो ।

तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो ।

समाचारअनुसार लाखौं मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महंगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्यूटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।

शाहरुख आफ्नो टिमका साथ निजी चार्टरबाट दुबईको एक पुस्तक सार्वजनिक कार्यक्रममा पुगेका थिए । यही चार्टरबाट गए राति साढे १२ बजे उनी मुम्बई फर्किएका थिए । रेड च्यानल पार गरिरहँदा कस्टमले शाहरुख र उनको टिमको ब्यागमा लाखौं रुपैंयाँको घडी फेला पारेको थियो ।

यसपछि कस्टमले सबैलाई रोक लगाएको थियो र झोलाको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा झोलाबाट विभिन्न महंगा ब्राण्डका घडी सँगै घडीका खाली बट्टा भेटिएका थिए । कस्टमले यी घडीको मूल्यांकन गर्दा १७ लाख ५६ हजार ५ सय रुपैंयाँ निकालेको थियो । यी घडीको कर तिर्न उनीहरुलाई आग्रह गरिएको थियो ।

त्यसपछि शाहरुखका बडीगार्ड रविले ६ लाख ८६ हजार रुपैंयाँ कस्टम शुल्क तिरेका थिए । यसको बिल रविकै नाममा बनेको छ । रविले पैसा शाहरुखको क्रेडिट कार्डबाट तिरेका छन् । सबै प्रक्रिया पुरा गरेपछि रविलाई शनिबार बिहान ८ बजे कस्टमले छोडेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ११ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ