२३ मंसिर २०८०, शनिबार

निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै



काठमाडौं। निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ । आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन् ।

यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । उनका अनुसार कारागारमा अस्थायी मतदान केन्द्र राखिने भएको छ ।

गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो । यसपटक स्थानीय तहको तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाएको जनाएको छ ।

आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ । यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ ।

यसवटक शिक्षकहरूलाई समेत निर्वाचनमा खटाइएको सूचना अधिकारी अर्यालले बताए । निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ०४ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले