१४ फाल्गुन २०८०, सोमबार

राजनीति होइन जनताको सेवा गर्न आउँछ : ताराबहादुर कुँवर क्षेत्री



काभ्रे। काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुँवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् ।

लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए ।

जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रदेशसभामा जान उम्मेदवारी दिएको उनको भनाइ छ ।

बागमती सफाइ अभियानदेखि अन्य सामाजिक क्षेत्रमा आफू क्रियाशील भए पनि राजनीतिको क्षेत्रबाट जनतामा गर्नुपर्ने सेवा र उपलब्ब्ध गराउनुपर्ने सुविधाका लागि आफू उम्मेदवार बनेका बताएका उनले यसका लागि आवश्यक कानुन निर्माण गर्न प्रदेशसभामा जान चाहेकाले मत दिन आमजनतासँग माग गरे ।

राजनीतिक दलका नेताले राजनीतिलाई व्यवसाय बनाउँदा जनता महंगीसहितको मारमा परेको भन्दै उनले जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताए । ‘मलाई राजनीतिक गर्न आउँदैन, तर जनताको सेवा गर्न र सुविधा उपलब्ध गराउन आउँछ,’ उनले भने, ‘यसका लागि आवश्यक कानुन बनाउन प्रदेशसभामा जान लागेको छु । यसमा जनताको साथ चाहिन्छ । मलाई मत दिनुहुन्छ भन्ने विश्वास लागेको छ ।’

देशभर एकैपटक आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ११ : ३५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२