५ आश्विन २०८०, शुक्रबार

को हुन् साडियो माने ? जसले संसारलाई मानवताको पाठ सिकाउँदै छन् !



काठमाडौं । साडियो माने सेनेगल राष्ट्रिय टोलीका लागि  खेल्ने सेनेगाली  फुटबलर हुन्। उनी अफ्रिकाका सबैभन्दा धेरै कमाउने फुटबलर हुन्।

कतारमा हुने फिफा विश्वकप फुटबलका लागि सेनेगलले टिम घोषणा गरेको छ । सेनेगलले शुक्रबार २६ सदस्सीय टोलीको घोषणा गरेको थियो।

सेनेगलले घोषणा गरेको टोलीमा चोटका बाबजुद स्टार फरवार्ड मानेलाई पनि राखेको छ । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत गत हप्ता वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।

साडियो मानेको जन्म सेनेगलको सेडियसमा अप्रिल १०, १९९२ मा भएको थियो। उनको बाल्यकाल सेनेगलको दक्षिणमा अवस्थित बम्बालीको एउटा सानो गाउँमा बित्यो। मानेकी आमाको नाम सातौँ टुरे हो। साडियो सात वर्षको हुँदा उनका बुबाको मृत्यु भएको थियो ।

उनको बाल्यकाल कठिन रुपमा बितेको थियो तर पनि उनी सँग भविष्यको लागि ठुलो सपना थियो। सन् २००२ को विश्वकपमा आफ्नो देशको राष्ट्रिय टोलीको प्रदर्शन देखेपछि उनी फुटबलमा आकर्षित भएका थिए ।

माने नम्र जीवनशैली भएका खेलाडीको नामले पनि चिनिन्छन्। उनी सँग भव्य जीवनशैलीको आनन्द लिन पर्याप्त भन्दा बढी धन छ तर उनी यस्तो चाहँदैनन्। उनी साधारण जीवन यापन चाहने खेलाडी हुन् ।

उनी सेनेगाली खेलाडी खाँचोमा परेकाहरूलाई सहयोग गर्न आफ्नो पैसा प्रयोग गर्नका लागि परिचित छन्। उनी आफ्नो विलासी कार, भव्य घर , यात्रा वा विमान पनि देखाउन चाहँदैनन् । उनी मेरो जीवनले मलाई जे दिएको छ त्यसबाट मेरा मानिसहरूले अलिकति प्राप्त गर्न पाउनु पर्छ भन्ने सोच भएका महान् खेलाडीका साथै महान् मानव हुन् ।

लोकप्रियता र धन कमाएपछि पनि  आफ्नो विगत नबिर्सेका  माने राम्रो धन हुँदा हुँदै पनि नम्र जीवन चाहन्छन् ।

मानेले आफूले कमाएको पैसाले परोपकारी काममा खर्च गर्ने गर्छन् । स्वास्थ्य हेरचाहको कमीको कारण आफ्नो बुबाको मृत्यु पछि, उनले सेनेगलमा एक अस्पताल निर्माण गरेका छन् ।

त्यसै गरी, मानेले माध्यमिक विद्यालय निर्माण गरेका छन् र प्रगति जाँच गर्न उनी आफै बारम्बार निर्माण स्थल भ्रमण गर्छन्। साडियोले आफ्नो गाउँका बालबालिकालाई च्याम्पियन्स लिगको फाइनल खेल्नका लागि लिभरपुलका ३ सय जर्सी दिएका थिए।

मानेले सेनेगलका अधिकारीहरूलाई कोरोना भाइरसको महामारीसँग जुध्न ४१ हजार युरो पनि योगदान गरेका थिए। उनले विद्यालय र रङ्गशाला पनि स्थापना गरेका छन् र गरिबीमा परेकाहरूलाई खाना, लत्ताकपडा र जुत्ता दान गरेका छन्।

आफूसँग पर्याप्त हुँदा हुदै पनि नम्र जीवन चाहने मानेको समाजसेवाको भावनालाई हेर्दा उनले सेनेगलबाट संसारलाई मानवताको पाठ सिकाउँदै छन् ।

मानेको फुटबल यात्रा 

भोगटेलाई फुटबल बनाएर बाटोमा फुटबल खेल्ने माने अहिले विश्वका चर्चित खेलाडी हुन् ।

मानेको फुटबल यात्रा स्थानीय जेनरेसन फुट नामक क्लबबाट भएको थियो। त्यहाँबाट उनले लिग खेल्ने अवसर पनि पाएका थिए।

उनले सन् २०११ मा  मेजमा प्रवेश गरेका थिए। फ्रान्सेली क्लब मेजबाट खेलिरहेका मानेलाई अष्ट्रियाको क्लबले आँखा लगायो। मेजका अध्यक्ष बर्नाड सरिनले मानेको मूल्य ४० लाख युरो तोके। अष्ट्रियाली क्लब आरबी साल्जबर्जले मेजको प्रस्ताव स्वीकार गर्‍यो।

सन् २०१२ देखि मानेले आरबी सार्ल्जमार्फत अष्ट्रियन बुन्डेसलिगा खेल्न थाले। आरबी सार्ल्जमा देखाएको प्रदर्शनबाट साउथएम्टन लोभियो। सन् २०१४ मा साउथएम्टले मानेलाई १ करोड पाउन्डमा भित्र्यायो। मानेले साउथएम्टनबाट पहिलोपटक इंग्लिस प्रिमयर लिगमा डेब्यू गरे।

साउथएम्पटनका लागि उनले देखाएका कौशलबाट लिभरपुल लोभियो। सन् २०१६ मा मानेलाई ३ करोड ४० लाख युरोमा भित्र्यायो।

बेतोड प्रदर्शन देखेर लिभरपुलले उनका लागि ३४ मिलियन डलर खर्च गरेको थियो। यससँगै सेनेगलको गरिबी छिचोल्दै फुटबलमा भविष्य खोज्न आएका माने सबैभन्दा महँगा अफ्रिकन खेलाडीका रूपमा दर्ज भए।

सन् २०२२ मा मानेलाई वार्यन म्युनिखले ३ करोड ६० लाख युरोमा भित्र्याएको छ।

(विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको सामग्री)

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ३१ बजे

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै

चाडपर्वमा यातायात व्यवस्थान चुस्त बनाउन कार्यदल गठन

राजधानी लाइभ, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश