१४ आश्विन २०८०, आइतबार

चितवनमा स्वतन्त्र उम्मेदवारका एजेन्डा : भ्रष्टाचार नियन्त्रण, विकास र परिवर्तन



चितवन । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।

जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् । उनीहरूले आफ्ना मुद्दासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त रहेका छन् । आफ्ना सीमित मुद्दा लिएर जनतामाझ गएको उनले बताए ।

उनले भने– “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उनले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताए ।

स्थिर सरकार स्वदेशमा रोजगार, शिक्षा स्वास्थ्य, आवासको सुविधा सर्वसुलभ बनाउन सके जनताको जीवनस्तरमाथि उठ्ने अठोटका साथ उनी चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरु यस्तै मुद्दा र नाराका साथ निर्वाचनका लागि मतदाता सामु पुगेका छन् ।

क्षेत्र नम्बर २ मा ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार देवीका कुँवरले कृषि, शिक्षा स्वास्थ्य, लैंगिक समानता जस्ता मुद्दा बोकेर मतदातासँग मत माग्दै मैदानमा छन् ।

उनले भने– “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहुँचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उनले सामाजिक तथा लैङ्गिक समनता, विपन्न समूदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्वासीको दिगो समाधान लगायतका मुद्दा लिएर घरदैलो गर्दै आएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार अङ्गुर पन्त पनि चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा रहेकी छन् । उनले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलव्ध सेवा सुविधा जनतासम्म पुर्याउने बताउँदै आएकी छन् ।

उनले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार हरि तामाङ पार्टीभित्रको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताए । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संविधानसभा निर्वाचनपछि चर्चामा रहेको यस क्षेत्रमा राजनीतिक दलबाट आठ जना र १२ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । जसमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्नसय हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गर्ने छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नमबर २ अन्तर्गत प्रदेशसभा १ मा ६१ हजार नौ सय ७३ र प्रदेशसभा २ मा ६२ हजार दुई सय ४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार दुई सय ८६ र प्रदेशसभा २ मा ६५ हजार नौ सय ९६ जना मतदान छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ५४ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम