१६ मंसिर २०८०, शनिबार

निर्वाचन प्रचारप्रसार : चकलेटमा कांग्रेस र लोसपाको चुनाव चिह्न



रुपन्देही । निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लोसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलको चुनाव चिह्न छापेर बाँडेका हुन् ।

जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ । त्यस्तै चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो ।

भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् । यो क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

निर्वाचन आचार संहिताविपरीत चुनाबको मुखमा गृहमन्त्रीको हस्ताक्षरसहितको अवार्ड बाडिएको छ । सो अवार्ड प्रशासनले नबाँड्न आग्रह गरेपछि आफ्नो सहोदर भाइ रामकृष्ण खाणको आतिथ्यतामा ँबाडिएको थियो । उनी नेपाली कांग्रेस रुपन्देहीको सभापति र तिलोत्तमा नगरको प्रमुखसमेत हुन् ।

निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीको संयोजक विष्णु ज्ञवालीले मिठाईको खोलमा रुख र साइकल चुनाव चिन्ह राखेर बाँडेको भेट्टाएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि आयोगमा लेखी पठाएका छौं, आचार संहिता उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहि हुन्छ ।’

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : १३ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान