१४ आश्विन २०८०, आइतबार

बैतडीका मुक्त हलिया कहिले होलान् मुक्त ?, उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया



बैतडी । २१ भदौ ०६५ मा नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो । शुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका ६० हजार हलिया मुक्त भएको भनिए पनि उनीहरूको माग अझै सम्बोधन हुन सकेको छैन । त्यसबेला करिब १४ हजार हलियालाई पुनर्स्थापना गरिए पनि ४५ हजारभन्दा बढी अझै अलपत्र छन् ।

उतिबेला सरकारले मुक्त हलिया पुर्नस्थापनाका लागि सहमति गरेको थियो । घरजग्गा नभएकालाई घरजग्गा उपलब्ध गराउने, जग्गा मात्रै भएकाको घर बनाइदिने तथा घर जिर्ण भएकाको मर्मत गरिदिने सम्झौता भएका थिए ।

हालसम्म मुक्त हलियामध्ये १४ हजार दुई सयको पुर्नस्थापना भए पनि अन्यको विषयमा सरकार मौन देखिन्छ । निर्वाचनको बेला उनीहरूको मागमाथि नेताहरूले चर्चा गर्ने गरे पनि निर्वाचनपछि सेलाउने गरेको छ । यद्यपि, उनीहरूले आफ्ना समस्या उम्मेदवारहरूलाई सुनाउन भने छाडेका छैनन् ।

पटक पटक सरकार परिवर्तन हुँदा समेत मुक्त हलिया झन् समस्यामा परेका हुन् । अहिले बैतडीमा रहेको करिब ६ हजार मुक्त हलियाहरू पुर्नस्थापनाको दायरामा आउन सकेका छैनन् ।

साहुुबाट लिएको ऋणको ब्याज बापत हलिया बस्ने चलन थियो । हलिया बस्दा साहुको घरमा हलो जोत्नेदेखि खेतिपाति भित्र्याउने सबै काम गर्नु पर्थ्यो । ०६४ सालमा हलिया मुक्तिको घोषणासँगै अधिकांशले साहुको घरमा काम गर्न छाडेका थिए तर अहिलेसम्म पुर्नस्थापना नभएपछि उनिहरु पुनः हलिया बसेका छन् ।

मुुक्त हलियाहरू अहिले उम्मेदवारहरूसँग आफुहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिदिन आग्रह गरिरहेका छन् । उम्मेदवारहरू समेत उक्त कुराहरुको पुर्ति गर्ने आश्वासन दिइरहेका छन् ।

उम्मेदवारकै घरमा ७३ वर्षदेखि हलिया 

प्रदेशसभातर्फका एक उम्मेदवारको घरमा एक दलित परिवार ७३ बर्षदेखि हलियाको रुपमा काम गर्दै आएको छ । बैतडी क्षेत्र ९ख०मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता शिवराज भट्टले किशन लाबडको परिवारलाई हलियाको रुपमा लगाउँलै आएका छन् ।

दशरथचन्द नगरपालिका- २ देहीमाडौं घर भएका उम्मेवदार भट्टले लाबडको परिवारलाई हलियाको रुपमा राखेका हुन् । हलिया बसेका लाबडले भने, ‘हामी तीन पुस्तादेखि उहाँको घरमा काम गर्दै आएका छौँ, मेरो बुवा २८ बर्ष हलिया बस्नु भयो । म पनि ४५ बर्षदेखि हलिया छु, तराईमा जग्गा दिउँला भन्ने आश्वासन दिएको ५० बर्ष भैसक्यो । आश्वासन पुरा होलाकी भन्ने आश हो । हाम्रो अन्य रोजगारी केहि छैन् । साहुकै खेतमा हलो जोत्ने, खेतबारी खन्ने, अन्न भित्र्याउने काम गर्दै आएका छौँ ।’ उम्मेदवार भट्ट जिल्लाका नाम चलेका व्यापारीका छोरा हुन् भने कांग्रेस बैतडीका पूर्व सभापति समेत हुन् ।

बैतडीका अन्य उम्मेदवारका घरमा समेत हलिया रहेको दलित अधिकारकर्मी राजुराम भुलको भनाइ छ । उनले प्रदेशसभा र प्रतिनिधिसभाका अधिकांश उम्मेदवारले अझै हलिया राखेका कारणा मुक्त हलियाको पक्षमा काम होला भनेर आश गर्न नसकिने बताए ।

दनपा-२ कै मुक्त हलिया मोहन लाबडले आफू १२ वर्षको उमेरदेखि साहुको घरमा हलो जोत्न थालेको सुनाए । पाँच जना साहुको घरमा हलिया बसेका उनले सबैको पैसा तिरेर हलियामुक्त भएको बताए । तर, हलिया मुक्ति घोषणाका बेला भने सरकारले ऋण रकम सबै चुक्ता हुने र पैसा तिर्नु नपर्ने समेत निर्णय सार्वजनिक गरेको थियो ।

हलियाहरू एक हजारदेखि पाँच हजार रुपैयाँ ऋणको ब्याज बापत समेत हलिया बस्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : १२ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम