काठमाडौँ । नबिल बैंकले विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ।
नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।
उक्त सम्झौता अनुसार ग्राहकले नेक्सन र टिगोरको विद्युतीय कार खरिद गर्दा नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । कुनै पनि निजी अथवा संस्थाको प्रयोगको लागी यी सवारी खरिद गर्न नबिल बैंकले सात वर्ष भित्र फिर्ता गर्न मिल्ने ऋण १२.९९ प्रतिशत ब्याजमा उपलब्ध गराउनेछ ।
यो ऋण नबिल बैंकको सबै शाखाबाट लिन सकिनेछ भने ग्राहकले आवेदन दिएको २४ घण्टा भित्र ऋण उपलब्ध गराउने बताइएको छ ।नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि यो सम्झौता गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया