काठमाडौँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् । पाकिस्तानी टोली आइतबार राति नेपाल आईपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ। मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।
प्रतिक्रिया