५ आश्विन २०८०, शुक्रबार

अब प्रत्येक दिन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले उम्मेदवारले गरेको खर्चको विवरण पठाउने



काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रूपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउनु पर्ने भएको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा आचारसंहितालाई कडाइका साथ लागू गर्न उक्त निर्णय गरिएको हो ।

बैठकले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरू र निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमा भित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७ बजे भित्र प्रतिवेदन पठाउनु पर्ने निर्णय गरेको छ ।

प्रतिवेदन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा पठाउनु पर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ०४ बजे

१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ

राजधानी लाइभ, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

राजधानी लाइभ, काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा

सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा के छ ?

राजधानी लाइभ, काठमाडौं। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा