१७ मंसिर २०८०, आइतबार

चितवनमा रवि लामिछानेप्रति इंगित गर्दै ओलीले भने- ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।

उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घण्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घण्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’

ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गरे । उनले अहिलेको गठबन्धन सरकारको कडा विरोध गरे । उनले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाए । यो सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाए ।

आफ्नो सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको उनले निकै प्रशंसा गरे । उनले नेपाली कांग्रेसप्रति रोष व्यक्त गरे । माओवादीसँग गठबन्धन गरेको भन्दै उनले कडा आपत्ति जनाए ।

आफू भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट मागे । ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट मागे ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : ५१ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र