१५ फाल्गुन २०८०, मंगलबार

तोसिमा कार्कीको उम्मेदवारी कायमै गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा तोसिका कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

निर्वाचन आयोगले अदालतको आदेशप्रति चित्त नबुझाएर भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघि कै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिँदै तोसिमाको उम्मेदवारी कायम गर्न आदेश दिएको सूचना अधिकारी देवेन्द्र ढकालले बताए।

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहेको र सो लाभको पद रहेको दाबी गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन्।

कात्तिक १५ मा न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ०४ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.