१५ फाल्गुन २०८०, मंगलबार

इतिहासमै पहिलो पटक महिला रेफ्रीले विश्वकप खेलाउँदै, को हुन् ती महिला रेफ्री ?



काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल खेल पहिलो पटक महिला रेफ्रीहरुले खेलाउने भएका छन् । अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले नोभेम्बर २० देखि सुरु हुने खेलका लागि सार्वजनिक गरेको रेफ्रीहरुको लिस्टमा पहिलो पटक ३ जना महिला रेफ्रीको नाम समेटिएको हो ।

इतिहासमै पहिलोपटक महिला रेफ्रीहरुले विश्वकप खेलाउन लागेका हुन् । विश्वकप २०२२ का लागि फिफाले भिडियो असिस्टेन्ट रेफ्री (VAR) प्रणालीको रेखदेख गर्ने ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियलको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा इतिहासमै पहिलोपटक नाम समावेश हुने महिला रेफ्रीमा जापानकी योशिमी यामाशिता, रुवाण्डाकी सलिमा मकानसांगा र फ्रान्सकी स्टेफनी फ्रापार्ट रहेकी छन् ।

विश्वकपमा सहभागी हुने यी तीन महिला रेफ्रीहरुसँग यसअघि पनि पुरुष फुटबलमा काम गरिसकेका छन् भने उनीहरूसँग युरोपेली च्याम्पियन्स लिग, यूईएफए सुपर लिग, एसियन च्याम्पियन्स लिग, अफ्रिकी कप अफ नेसन्स जस्ता प्रतियोगिता खेलाएको अनुभव छ ।

त्यसैगरी सहायक रेफ्रीमा पनि ३ जना महिलाको नाम सार्वजनिक भएको छ । फिफाले ६९ सहायक रेफ्रीको सूचीमा ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र संयुक्त राज्य अमेरिकाकी क्याथलिन नेस्बिटको नाम पनि समावेश गरेको छ ।

फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइगी कोलिनाले आफूहरुले सधैँजस्तै मापदण्डको चयन गर्दै म्याच अधिकारीहरु छनोट गरेको बताए। उनले भने, ‘हामीले गुणस्तरमा जोड दिएका छौँ, लिङ्गमा होइन । भविष्यमा पनि महत्त्वपूर्ण प्रतियोगिताका लागि एलिट महिला म्याच अधिकारीको छनोटलाई सामान्य रुपमा लिइने आशा गर्छु ।’

को हुन् ती तीन महिला रेफ्री ?

जापानकी योशिमी यामाशिता


यामाशिताले सन् २०१९ मा फ्रान्समा महिला विश्वकपको फाइनल खेलाएकी थिइन्। उनी लगातार दोस्रो विश्वकप खेलाउने पहिलो रेफ्री पनि हुन्। उनले सन् २०२० मा ओलम्पिक र २०२१ मा संयुक्त राज्य अमेरिका र स्विडेनबीचको खेलमा पनि यामाशिताले रेफ्रीको जिम्मेवारी पूरा गरेकी थिइन्। ३६ वर्षीय यामाशिता यो पटक महत्वपूर्ण इतिहासको हिस्सा बन्दै छिन्।

‘मध्यपूर्वमा महिला रेफ्रीहरू कमै छन्, त्यसैले म त्यो परिवर्तनलाई उत्प्रेरकको रूपमा हेर्न चाहन्छु ।’ उनले मिडियासँग कुरा गर्दै भनिन्,‘पुरुषको विश्व कपमा पहिलो पटक महिला रेफ्रीलाई समावेश गरिएको छ । यसबाट महिलाको क्षमता सधैं बढिरहेको कुराको सङ्केत हुन्छ । यो कुरा म पनि दृढतापूर्वक महसुस गर्छु ।’

रुवाण्डाकी सलिमा मकानसांगा


रुवाण्डाकी रेफ्री सलिमा मुकानसांगाले सन् २०१२ देखि फिफा रेफ्रीको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। तर उनको सपना व्यावसायिक बास्केटबल खेल्ने थियो । ‘मलाई बास्केटबल खेल्न मन पथ्र्यो । र यसलाई धेरै गम्भीरतापूर्वक लिन चाहन्थें’ उनले मिडियासँग कुरा गर्दै भने,‘तर बास्केटबल खेल्न पूर्वाधारको अभाव थियो । तर अहिले म रेफ्री बने । रेफ्री बने पनि मैले कहिल्यै पछुताएको छैन।’

मुकानसांगा सन् २०१९ को महिला विश्वकप, टोक्यो ओलम्पिक २०२० हुँदै कतार विश्वकपसम्म आइपुगेकी हुन्। यस वर्षको सुरुमा पुरुष अफ्रिका कप अफ नेसन्समा पनि जिम्मेवारी लिएकी मुकानसांगा विश्व रंगमञ्चमा अपरिचित रेफ्री हैनन् ।

फ्रान्सकी स्टेफनी फ्रापार्ट


फ्रान्सकी स्टेफनी विश्वकपका लागि सुचिकृत सबैभनला लोकप्रिय नाम हो । ३८ वर्षीय करियरमा उनी पहिलो पटक पुरुष विश्वकप खेलाउँदै छिन्। फ्रापार्टले फ्रान्समा २०१९ मा विश्वकप र यूईएफए सुपर कपमा समेत सहभागी थिइन्। स्टेफनीले सन् २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिला महिला रेफ्री बन्दै इतिहासमा नाम लेखाउँदै तरंग ल्याएकी थिइन्।

कतार विश्वकपको हिस्सा हुनुअघि उनले २०२२ को कुप डे फ्रान्स फाइनलमा पनि रेफ्री थिइन्। उनले सन् २०१९ मा तीन वर्षको लागि आईएफएफएचएस विश्व सर्वश्रेष्ठ महिला रेफ्री अवार्ड जितेकी छिन्।

(विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको सामग्री)

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : २८ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.