१४ फाल्गुन २०८०, सोमबार

सेयर बजारमा २१ अंकको वृद्धि



काठमाडौं साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । एक सातादेखि लगातार ओरालो लागिरहेको नप्सेमा आजमा हरियाली छाएको हो ।नेपाल स्टक एक्सचेन्जका आज नेप्से १.१३ प्रतिशतले बढेको  हो ।

आइतबार भने ०.५६ प्रतिशतले गिरावट भएको थियो । आज नेप्से परिसुचक २१.२६ अंकले वृद्धि भई १९०४.४३ विन्दुमा रोकिएको छ । सोमबार १८४ कम्पनीको कारोबार भएसँगै १४८ कम्पनीमा वृद्धि भएको छ भने ३१ कम्पनीमा ओरालो लागे र पाँच कम्पनी स्थिर रहे ।

२४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, तारागाउँ रेजेन्सी होटल ९.८४ प्रतिशत, सप्तकोशी विकास बैंक ८.३९ प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्ट १० करोड ९६ लाख ४३ हजार २७५ र हिमालयन डिस्टिलरी ८ करोड ९९ लाख ५ हजार ८३३ को कारोबार भएको छ । आज सबै उपसमुहमा हरियाली छाएको छ । जसमा म्यानुफ्याक्चरिङ प्रोसेसिङ ३.१३ प्रतिशत, फाइनान्स २.७१ प्रतिशत, अन्य २.३३ प्रतिशत, होटल तथा पर्यटक २.२७ प्रतिशत र विकास बैंक २.२० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ०८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२