५ आश्विन २०८०, शुक्रबार

युएईसँग नेपाल ८४ रनले पराजित, डेब्यु खेलमा आयान र अर्जुनको उत्कृष्ट प्रदर्शन



काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको छ । २६४ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोड्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए। यस्तै अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन्। उनले ५ चौका प्रहार गरे। ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे। कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३/३ रन बनाए। यस्तै गुल्सन झाले १९ रन बनाए।

नेपाललाई सस्तैमा रोक्न युएईकाआयन अफजाल खानले सर्वाधिक ४ विकेट लिए। एक दिवसीय करियरमा उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चिए।

यस्तै बसिल हामिदले २ विकेट लिए। यस्तै जाहुर खान, रोहन मुस्ताफा र अमेद राजाले १/१ विकेट लिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए। गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपेनद्र सिंह ऐरीको बलमा एलबीडब्लु आउट हुनुअघि भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए।

कप्तान सिपी रिजवानले २ रन बनाए। त्यसपछि आलिसान सराफूले ३९ बलमा २९ रन बनाए। उनले २ चौका प्रहार गरे। बसिल अहमद १४ रन बनाउँदा आयल अफजाल खानले २६ रन बनाए। अहमद राजा २७ रनमा नटआउट रहे। नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १/१ विकेट लिए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : ४१ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।