१४ आश्विन २०८०, आइतबार

पाल्पामा आजदेखि मदिरा प्रतिबन्ध



पाल्पा । पाल्पामा आजदेखि मदिरामा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो ।

निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने चेतावनी दिइएको छ । प्रशासनले अत्यावश्यकसहितको सेवा मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गरेको छ ।

कर्मचारी मतदानस्थलमा खटिएकाले शान्ति सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यकबाहेकका सेवा स्थगित हुने पन्तले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ०९ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास