१४ फाल्गुन २०८०, सोमबार

चुनाव आइसक्यो, कसरी भोट हाल्ने थाहा छैन



काठमाडौं । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने ?’ भन्ने’बारे जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले भनिन् ।

सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता चुनावी प्रचारमा आए पनि मतदान गर्ने तरिका’बारे भने कसैले नसिकाएको बताउँछन् । उनी वैदेशिक रोजगारीबाट केही समयअघि मात्रै स्वदेश फर्किएका हुन् । ‘राजनीतिक दलका नेताकार्यकर्ता प्रचारप्रसारमा आइरहेका छन्, बाटोबाटै आउँछन्, जान्छन्, कसरी मत हाल्ने रु’ भन्ने कसैले पनि सिकाएका छैनन्,’ गोले भन्छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले ‘मतदाता शिक्षा कार्यक्रम’ लागू गरे पनि समुदायमा भने त्यसको प्रभाव न्यून देखिएको छ । कतिपय स्थानमा खटाइएका मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छैनन् । राजधानी दैनिकबाट

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ३० बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२