१६ मंसिर २०८०, शनिबार

सेयर बजार ६.५९ अंकले घट्यो



काठमाडौं । सेयर बजार मंगलबार ६.५९ अंकले घटेको छ । सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हो । नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ ।

१८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९७ हजार बढीको कारोबार भएको  छ ।

सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ ।  उपसुचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ४४ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान