पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई असहयोग गरेको र गठबन्धन जिताउन नलागेको भन्दै मन्त्री खड्कालाई बर्खास्त गरिएको हो ।
उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले आज एक सिूचना जारी गर्दै भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख गरिएको छ ।
यसअघि मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका थिए। गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभाका उम्मेदवार फणिन्द्र देवकोटाको चुनाव प्रचारमा नहिँडेको आरोपसहित आचार्यलाई मन्त्रीबाट बर्खास्त गरिएको थियो।
प्रतिक्रिया