१५ फाल्गुन २०८०, मंगलबार

निर्वाचनमा विशेष मतदाताभित्र को-को पर्दछन् ?



काठमाडौं । यही मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यतिबेला विभिन्न राजनीतिक दलबाट तथा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरू चुनावी प्रचारप्रसार र घरदैलोमा व्यस्त छन् ।

चुनाव आउन केही दिन मात्र बाँकी रहँदा स्थानीयस्तरमा मतदाता शिक्षाको भने अभाव भइरहेको गुनासो आउन थालेका छन् । निर्वाचन केन्द्रित मतदाता शिक्षामा जोड नदिँदा मत बदर हुने लगायतका समस्या आउन सक्दछन् ।

निर्वाचनका क्रममा विभिन्न शब्दावली प्रयोग हुँदै आएका छन्, यहाँ विशेष मतदाता को हुन् भन्नेबारे उल्लेख गरिएको छ । विशेष मतदाता भन्नाले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, दृष्टिविहीन, बिरामी आदि पर्दछन् ।

उनीहरूको असहजतालाई मध्यनजर गरी सकेसम्म लाइन बस्न नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाउनु पर्दछ । यो एक प्रकारको सभ्य अभ्यास पनि हो । मतदान केन्द्रमा खटिएका जनशक्तिले यस्ता व्यक्तिहरूलाई सहज मतदानका लागि सहमत हुनुपर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : १० बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.