१७ मंसिर २०८०, आइतबार

चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड



काठमाडौं । राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बुधबा बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईका अनुसार सडकमा रोकिराखेको गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५/६ जनाको समूहमा रहेकाहरूले तोडफोड गरेका हुन् । गाडीका सिसा सबै फुटाइएको छ ।

गाडी तोडफोड गर्नेहरूको प्रहरीले अनुसन्धान सुरु गरेको राईले न्युज कारखानालाई बताए । श्रेष्ठ चितवन २ मा श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

 

 

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ५३ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र