१७ मंसिर २०८०, आइतबार

प्रचण्ड सहभागी हुने चुनावी सभा नजिक बम विस्फोट



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।

बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो । ‘हामी सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ, तर कुनै पनि मानवीय क्षति भएको छैन स्थिति सामान्य छ । अध्यक्ष प्रचण्ड कार्यक्रमस्थलमा सहभागी भइसक्नुभएको छ,’ माओवादी नेता दावा लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ३४ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र