२३ मंसिर २०८०, शनिबार

निर्वाचनलाई दियो मौसमले साथ, मतदानको दिन पानी नपर्ने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने जनाएको छ ।

बुधबार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि हल्का चिसो बढ्ने तर पानी नपर्ने जनाएको छ ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको उसले जनाएको छ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने, उच्च भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ४१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले