१६ मंसिर २०८०, शनिबार

नेपालले युएईलाई ३ विकेटले हरायो



काठमाडौं। युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।

युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्सन झाले ३७, कुशल भुर्तेले ३५, आरिफ शेखले ३३, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाए।

यूएईका लागि रोहन मुस्ताफाले तीन, हजरत बिलालले दुई र बसिल अहमदले एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। नेपालले कसिलो बलिङ गरेपछि यूएई सामान्य स्कोरमै समेटिएको थियो।

जितसँगै तीन खेलको सिरिजमा नेपालले १/१ को बराबरी गरेको छ । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : १६ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान