काठमाडौँ । नेपालले पछिल्लो ३ महिनामा ६९ अर्ब १६ करोड रुपैयाँ बराबरको कृषि वस्तु आयात गरेको छ । आर्थिक वर्ष २०७९/८० को तीन महिनामा ६९ अर्ब १६ करोड रुपैयाँ बराबरको कृषि वस्तु आयात गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
गत वर्ष सोही समयमा १ खर्व १६ करोड रुपैयाँ बराबरको कृषि वस्तु आयात भएको थियो । जुन गत वर्षको तुलनामा यस वर्ष कृषि वस्तु आयातमा ३२ प्रतिशतले कमी आएको छ।
प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) को आयातमा कमी आएको हो ।
चालू खाता घाटा, शोधानान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले केही वस्तु आयातमा कडाइ गरेकाले समग्र आयातमा कमी आएको हो ।
अघिल्लो वर्षको सो अवधिको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ र धानको आयातमा कमी आएको मन्त्रालयको तथ्याङ्क छ ।
प्रतिक्रिया