१५ फाल्गुन २०८०, मंगलबार

विश्वकप फुटबल हेर्दा शुल्क तिर्नुपर्ने, अन्तरिम आदेश खारेज



काठमाडौं । नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ ।

बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा यस अघिको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्दै शुल्क लिन पाउने निर्णय गरेको हो ।

अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि कार्तिक २२ गते रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासले मिडिया हबको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको यो आदेशसँगै मिडिया हबले अब विश्वकपको प्रत्यक्ष प्रशारण गरे बापत प्रति सेटअप बक्स ५०० अतिरिक्त शुल्क लिन पाउने भएको छ । मङ्सिर ४ गतेदेखि कतारमा हुने विश्वकप फुटबलको नेपाल प्रशारण हिमालय टिभीले गर्दै छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ११ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.