काठमाडौं । नेपाली नागरिकता पुनस्प्राप्तिको विषयलाई लिएर विवादमा परेका राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। लामिछानेलाई निर्वाचन आयोगले बुधबार स्पष्टीकरण सोधेको हो।
लामिछानेले अमेरिकी पीआर लिएपछि नेपाली नागरिकता नत्यागेको र पी आर त्यागेपछि नेपाली नागरिकता पूनप्राप्तीको प्रक्रियामै नगई उम्मेदवारी दिँदा पूरानो खारोज भईसकेको नागरिकता पेश गरेर उम्मेदवारी दिएको भन्दै दुई अलग -अलग उजुरी निर्वाचन आयोगमा परेपछि आयोगले तपाईको उम्मेदवारी किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो ।
रवि चितवन २ मा प्रतिनिधिसभा उम्मेदवार छन् । उनलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै उजुरी परेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समय दिउर स्पष्टीकरण सोधेको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया