१५ आश्विन २०८०, सोमबार

९० जना म्यादी प्रहरी कारबाहीमा



काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’

प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् ।

काठमाडौं उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ०२ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि