१४ फाल्गुन २०८०, सोमबार

गुल्मी-२ मा गोकर्ण बिष्टको चलखेल, पैसा बाँड्न माओवादी इन्चार्जकाे घरमा कार्यकर्ता परिचालन



गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा एमाले उमेदवारहरु जिताउन उक्त पार्टीका कार्यकर्ताहरूले पैसाको खोला बगाउन सुरु गरेको  सत्ता गठबन्धन दलका नेताहरूले बताएका छन् ।   माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला पार्टी इन्चार्ज वीरबहादुर कार्की (चाहल)को घर परिवार समेत  पैसाको प्रलोभन देखाई भोट माग्न आएको कार्की बताउँछन् ।

उनले भने  ‘अस्ति मालिका गाउँपालिका ६ छापाहिले स्थित मेरो माइलो भाइको घरमा  केही एमाले कार्यकर्ताहरू ३० हजार सम्मको बार्गेनिङ गर्न सुरु गरेछन् । त्यहाँबाट बुहारीले मलाई फोन गरेर जानकारी दिईन । मैले त्यस्तो गर्नु हुँदैन सम्झाएर पठाएको हुँ । ’

त्यस्तै हिजो मात्रै त्यसै छापाहिलेको एक घरमा रक्सी खाने वाहनाले एक घरमा पसेका एमाले कार्यकर्ताहरूले पैसा बाँड्ने चलखेल गरे पछि करिब एक घण्टा स्थानीय कांग्रेस कार्यकर्ताहरूले नियन्त्रणमा लिएका थिए ।

छापाहिलेस्थित  कांग्रेस कार्यकर्ता हरिबहादुर कार्कीले एमाले कार्यकर्तालाई आफूले करिब एक घण्टा नियन्त्रणमा लिएर छाडेको बताए ।  त्यस्तै घमिरमा पनि साम दाम दण्ड भेद सबै प्रयोग गरी चुनाव जित्नु पर्छ भनेर एमालेका ठुलै नेताहरूले मिटिङ गरी  पैसा व्यापक  परिचालन गर्न उक्साएको  गठबन्धन दलका नेताहरूको भनाई छ ।

 सत्ता गठबन्धनबाट गुल्मी जिल्ला निर्वाचन परिचालन समितिका सहसंयोजक समेत रहेको  नेता कार्कीले  एमालेजनले पैसाको जति खोला बगाए पनि जिल्लाका दुई वटै क्षेत्र र चार वटै प्रदेश गठबन्धनले भारी मतले जित्ने दाबी गरे । उता एमाले भने पैसा बाँडिएको भन्ने गठनधनका नेताहरूको आरोप निराधार भएको बताउँछन् ।

गुल्मी-२ ईश्मा-अमरपुर गाउँमा पैसा बाँड्न आएको भन्दै स्थानीय एमाले कार्यकर्ता घेराउमा

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ३९ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२