१४ फाल्गुन २०८०, सोमबार

अफ्रिकन स्वाइन फिभरले रित्यायो बङ्गुर फार्म



कैलाली । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ ।

फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ ।

बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको बताउँछन् ।

“बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ”, बुढाले भने, “कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरा लागि अरू केही रहेन । अब व्यवसायमा फर्किने आधार पनि समाप्त भएका छन् ।”

फार्ममा बचेका बङ्गुर पनि नष्ट गर्नुपर्ने पशु सेवा विभाग काठमाडौंका डा.मुकुल उपाध्यायले बताए । “जतिसक्दो छोटो फार्म खाली गराउनुपर्छ ।

त्यसको सङ्क्रमण अन्यत्र नसर्न दिन बचेका बङ्गुर पनि नष्ट गर्नुपर्छ”, उपाध्यायले भने, “यो सङ्क्रमण अन्त फैलियो भने त्यसले महामारीको रूप लिन सक्छ र जोखिम बढ्न सक्छ ।”

असोज पहिलो साताबाट फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो ।

बङ्गुरमा महामारी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरिएको छ । भजनी नगर कार्यपालिकाले प्रदेश तथा सङ्घीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा यो रोग देखिएको हो । बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो ।

यसका कारण बङ्गुर मर्न थालेपछि गृहसचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडौं डा।मुकुल उपाध्याय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा।नरेशप्रसाद जोशी, भेटेरेनरी अस्पताल कैलालीका डा हेमराज अवस्थी समेतले स्थलगत अनुगमन गरेका थिए ।

फार्ममा अझै पनि केही बङ्गुर जीवित छन् । फार्मका सञ्चालक बुढाले राहतको पर्खाइमा बचेका बङ्गुर नष्ट गर्न सकेका छैनन् ।

उता नगरपालिकाका नगर प्रमुख केवल चौधरीले सङ्क्रमण अन्यत्र फैलिन नदिनका लागि सावधानी अपनाएको बताउँदै फार्ममा भएको क्षतिको विवरण नगरपालिकाले सङ्कलन गरेर प्रदेश र सङ्घीय सरकारलाई राहतको व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकाबाट पास गरेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ३१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२