१९ फाल्गुन २०८०, शनिबार

मौन अवधिमा आचारसंहिताविपरीत किसान र सोनलको घरदैलो



बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिताविपरीत उम्मेदवारहरूको घरदैलो भएको छ । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको हो ।

सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन् । करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन् ।

बिहीबार मध्यराति १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । तर, यसको उल्ल‌ंघन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन् ।

यसबारे खबर पाएको प्रहरीले आचारस‌ंहिताविपरीतका कार्य रोक्न बताएको छ । घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ४१ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू