१५ फाल्गुन २०८०, मंगलबार

साढे पाँच महिनामा १० अर्बको विद्युत् निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी धेरै भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको छ । प्राधिकरणले वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको हो ।

प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्री गर्ने छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  २ : ४६ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.