१५ फाल्गुन २०८०, मंगलबार

सुदूरपश्चिममा निर्वाचन लक्षित नेपाली सेनाको सुरक्षाको तयारी पुरा



अत्तरिया । सुदूरपश्चिम प्रदेशमा निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले सुरक्षाको तयारी पुरा गरेको जनाएको छ । सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापती उपरथी विजय थापाले सरकारले निर्देशन गरेअनुरूप सम्पूर्ण सुरक्षाको तयारी पुरा भएको बताए ।

सेनाको सुदूरपश्चिम पृतनाले शुक्रवार कैलालीको तेघरीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रत्येक निर्वाचन स्थलमा कम्तीमा पनि ३० मिनेटभित्र पुग्ने गरी प्रदेशका ९ वटै जिल्ला कम्तीमा पनि ३० ओटा कम्पनी, प्लटुङ र सेक्सन अपरेटिङ बेश स्थापना गरिसकेको बताउँदै उपरथी थापाले आवश्यकता अनुसार हवाई गस्तीका लागि समेत हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।

उनले सुदूरपश्चिममा निर्वाचनको बेला हुनसक्ने अवाञ्छित गतिविधिलाई निस्तेज पार्ने गरी मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्नका लागि सेनाले गर्नुपर्ने सम्पूर्ण तयारी गरिसकेको बताए ।

यसैगरी सेनाले संवेदनशील स्थानहरूमा सुरक्षा दिइरहेको बताउँदै पृतनपती उपरथी थापाले विभिन्न स्थानमा नियमित गस्ती समेत गरिरहेको बताए । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना तयारी अवस्थामा रहेको सुदूरपश्चिम पृतना हेडक्वार्टरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ०८ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.