१४ फाल्गुन २०८०, सोमबार

निर्वाचन आयोगका कर्मचारीलाई पाँच महिनासम्म सय प्रतिशत भत्ता



काठमाडौं । निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् ।

यसबाट निर्वाचन हुँदा करिब पाँच महिनासम्म उनीहरूले यस्तो सुविधा पाउने गरेका छन् । गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो ।

उक्त कार्यविधिअनुसार निर्वाचनको कुनै काममा संलग्न आयुक्त आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा सेवा करार र काजमा संलग्न कर्मचारी, आयुक्तको सुविधामा कार्यरत कर्मचारी, आयुक्त निवासमा खटाइएका सुरक्षाकर्मी, आयुक्त तथा सचिवका निजी सुरक्षा अधिकारी (पिएसओ) र आयोगको मूलगेटमा खटिने नेपाल प्रहरीका १० जनासम्मले निर्वाचन सुविधा, खाजा खर्च तथा खाना खर्च पाउने व्यवस्था गरिएको छ ।

यसैगरी आयुक्त तथा आयोगको सचिवालयका कर्मचारीले निर्वाचन मिति घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनसम्म प्रतिमहिना सञ्चार सुविधा पाउने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । आजको नागरिक दैनिकबाट।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ४९ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२