१५ फाल्गुन २०८०, मंगलबार

अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित



जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ ।

‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं ।’ उनले गुनासो पोखे । जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन् ।

जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ । जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन् । तर, अपाङ्गमैत्री छैनन् । अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन् ।

अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ । मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए ।

‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र नबनाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो ।’ अध्यक्ष न्यौपानेले भने ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाइ भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए । अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिए पनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाइएको उनले बताए । आजको राजधानीदैनिकबाट

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : ५३ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.