१४ फाल्गुन २०८०, सोमबार

गुल्मी-२ मा १२८ मतदान केन्द्र, १ लाख ४ हजार ३२७ मतदाता



काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन शुरू हुन अब केही घण्टा मात्र बाँकी छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको र सुरक्षित तथा भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न तयार रहेको निर्वाचन आयोगले जनाएको छ ।  मौन अवधिमा निर्वाचन आचार संहिताका कारण सबै दल तथा कार्यकर्ताहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेको देखिन्छ ।

निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतपत्र, मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षाकर्मी एवं पर्यवेक्षक समेत पुगिसकेका छन् । यस निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट कूल १ लाख ४ हजार ३२७ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जसमध्ये ५२ हजार ४१९ पुरुष, ५१ हजार ९०६ महिला र २ जना यौनिक तथा  लैंगिक अल्पसंख्यक मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा ६१ मतदान स्थलमा १२८ वटा मतदान केन्द्र रहनेछन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट ६ जना र ७ जना स्वतन्त्र उम्मेदवार रहेको गुल्मी २ मा कूल १३ जनाले उम्मेदवारी दिएका छन् ।  जसमा कूल उम्मेदवार संख्यामध्ये २ जना मात्र महिला उम्मेदवार छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टीले निर्वाचनमा आफ्ना उम्मेदवार खडा गरेका छन् ।

जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूको समर्थन छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : ५३ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२