१५ फाल्गुन २०८०, मंगलबार

पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु



भक्तपुर। भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ ।

चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्वरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका(४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको लगि भक्तपुर अस्पताल लगेको थियो । उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ ।

ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका(९ कमलबिनायक बस्ने बर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : २० बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.