१५ फाल्गुन २०८०, मंगलबार

फिफा विश्वकपको उद्घाटन खेल रेफ्री ओरसाटोले खेलाउने



काठमाडौं । कतारमा आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने भएका छन् । कतार विश्वकपको उद्घाटन खेल आयोजक कतार र इक्वेडरका लागि इटालियन रेफ्री ओरसाटोलाई चयन गरिएको फिफाले जनाएको छ ।

४६ वर्षीय रेफ्री ओरसाटो युरोपियन फुटबलका निकै अनुभवी रेफ्री हुन् । उनी २०१० मा फिफा अधिकारी बनेका थिए । त्यसपछि उनले २०१८ मा रूसमा भिडियो सहायक रेफ्री (VAR) को रूपमा काम गरे। त्यसैगरी उनले लिस्बनमा पेरिस सेन्ट-जर्मेन र बायर्न म्युनिखबीचको २०२० UEFA च्याम्पियन्स लिग फाइनलको जिम्मेवारी लिएका थिए ।

कतार र इक्वेडर दोहाको अल बायत स्टेडियममा स्थानीय समय अनुसार १९ बजे भिड्दैछन् । घरेलु टोली २०२२ को विश्वकपमा ३२ राष्ट्रहरूमध्ये डेब्यु गर्ने एक मात्र टोली हो। इक्वेडरले भने चौथो पटक प्रतियोगितामा भाग लिइरहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  २ : ३२ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.