१४ फाल्गुन २०८०, सोमबार

मतदान सुरू हुन केही घण्टा मात्रै बाँकी, मतदाता भन्छन्- मतदान कसरी गर्ने थाहा छैन



सप्तरी । मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन कोही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भोलि कसरी मतदान गर्ने होला भनेर अलमलमा परेको राजविराज नगरपालिका(२ राजदेवी टोलकी सकिना खातुनले बताइन्। उनले भनिन्, ‘यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन । पहिले पहिले त मतदाता शिक्षा लिएर घरघर आईपुग्थ्यो । यसपालि त कोही आएनन् ।’

राजविराज-४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया बिषयमा अनभिज्ञ रहेको बताइन् । उनले भनिन्,‘मलाई भोट हाल्नु भनेर त धेरै आए । तर, मत कसरी हाल्ने कसैले सिकाएनन् ।’ सिंगो परिवार नै मत हाल्ने विषयमा अन्योल रहेको उनको भनाइ छ ।

पाँच वर्षमा चुनाव आउँछ । मत हाल्ने तरिका सधैं फरक हुन्छ । उस्तै भए पनि पाँच वर्षको कुरा याद नरहने मतदाताहरूको भनाइ छ । राजविराज- २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएका कारण भोट खसाल्न जानु की नजानु भएको बताइन ।

उनले भनिन्,‘हामी त झन वृद्धाअवस्थामा पुग्यौं हामीलाई सिकाएन भने हाम्रो उमेरको व्यक्तिले मत हाल्न सक्ने अवस्था छैन् ।’ तर, पनि चुनाव प्रचारप्रसारतर्फ अत्याधिक समय खर्चिने उम्मेदवारहरू मतदाता शिक्षातर्फ ध्यानाकर्षण नगरेको उनको भनाइ रहेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकले मतहाल्ने पूर्वसन्ध्यामा मतदाताहरू मतदान गर्ने तरिका बारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ३ : ०३ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२