१४ फाल्गुन २०८०, सोमबार

गुल्मी-२ मा गोकर्ण बिष्टका भजितद्वारा कांग्रेस कार्यकर्तामाथि कुटपिट, पक्राउ पर्ने डरले दर्जनौ एमाले कार्यकर्ता फरार



गुल्मी। गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टका भजित नवीन बिष्टलगायतका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि निर्घात कुटपिट गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा इस्मा गाउँपालिका –४ दोहलीका कांग्रेस कार्यकर्तामाथि कुटपिट भएकोे हो । छेडा भन्ने स्थानमा बसेका एमालेले कार्यकर्ताले गाडीमा मतदानका लागि काठमाडौंबाट घर जाँदै गरेका कांग्रेस कार्यकर्ता सुभाष महतलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

घाइते महतको सदरमुकामस्थित जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको एक स्थानीयले जानकारी दिए । कुटपिटबाट घाइते भएका बस्नेतको मुहार र टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

महतले आफू गाडी चलाउँदै घरतर्फ जाँदै गरेको अवस्थामा रोकेर नवीन विष्ट लगायतका १२–१५ जनाले गाडी तोडफोड गर्दै कुटपिट गरेको बताए ।

नवीन बिष्ट, चन्द्र बस्नेतलगायतका कार्यकर्ता फरार रहेका छन् । हाल उनीहरुको प्रहरीले खोजबिन भइहेकाे र फेला पर्ने बित्तिकै पक्राउ गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव छवि पाण्डेले नेपाली कांग्रेस क्षेत्र नम्बर २ को गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर महतको छोरा सुभाष महतलाई भोट हाल्न घर नआउन पहिलेदेखि नै एमाले कार्यकर्ताहरूले धम्की दिएको दाबी गरे ।

जिल्लामा रहेका गठबन्धन दलका कार्यकर्ताहरूले कुटपिटमा गर्नेलाई तत्काल पक्राउ गर्नुपर्ने माग प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालसँग गरेका छन् । प्रमुख जिल्ला अधिकारी पौड्यालले दोषीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ४ : ३५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२