१४ फाल्गुन २०८०, सोमबार

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा



काठमाडौं । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसवर्ष यही मङ्सिर ५ गते पशुपतिनाथमा बाला चतुर्दशी मेला लाग्ने कोषले जनाएको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुख्यदिन मतदानको दिन भएकाले अधिकांश तयारीका काम आजै गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

यस वर्ष मङ्सिर ५ गते पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालिन्छ । मङ्सिर ६ गते बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । चतुर्दशीको बिहान शतबीज छर्ने गरिन्छ ।

कोषले तयारीका लागि पशुपतिनाथको पूर्वी ढोकाअघिको बाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राख्ने काम भने ५ गते बिहानसम्म नै जारी रहने भएको छ । बत्ती राख्ने कामदारलाई पशुपति क्षेत्रमै राखिएको छ । ४ गते मतदान भएकाले आवतजावतमा समस्या हुने कारणले कामदारलाई पशुपति क्षेत्रमै राखेर तयारी गरिएको हो ।

कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था पनि गर्ने भएको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । टेन्डर नभएर रोकिएको सबै दरबन्दीअनुसारको विशेष पूजा पनि आइतबारदेखि गर्ने तयारी भएको प्रवक्ता अधिकारीले सुनाए ।

यसअघि टेन्डर नभएको समयमा रु दुई हजार एक सय र रु तीन हजार एक सयको मात्र विशेष पूजा भएको थियो । पशुपतिनाथमा रु २५ लाखसम्म रसिद काटेर विशेष पूजा गर्ने व्यवस्था छ । ती सबै दरबन्दी अनुसारका पूजा आइतबारदेखि फेरि सुरु गर्न लागिएको हो ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ४ : ५८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२