१४ फाल्गुन २०८०, सोमबार

अछाम-१ मा १०३ मतदान केन्द्र, मतदाता कति ?



काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन शुरू हुन अब केही घण्टा मात्र बाँकी छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको र सुरक्षित तथा भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न तयार रहेको निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचन आचार संहिताका कारण सबै दल तथा कार्यकर्ताहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् ।

निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतपत्र, मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षाकर्मी एवं पर्यवेक्षक समेत पुगिसकेका छन् । यस पटककाे निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट कूल ७९ हजार ३६ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये पुरुष मतदाता ३८ हजार १३३, ४० हजार ९०२ महिला र १ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका छन् ।

यस क्षेत्रमा १०३ वटा मतदान केन्द्र रहनेछन् । यस क्षेत्रमा राजनीतिक दलका तर्फबाट ३ जना र स्वतन्त्र ३ जना गरी कूल ६ जना उम्मेदवार छन् । महिला उम्मेदवारको संख्या शून्य छ । अछाम १ मा शतप्रतिशत खस आर्य समुदायका उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ५ : २६ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२