१५ फाल्गुन २०८०, मंगलबार

रुपन्देही – ४ मा प्रतिनिधिसभातर्फ महिला र दलित उम्मेदवार शून्य, १३ उम्मेदवारमध्ये ५ जना स्वतन्त्र



काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा महिला र दलित उम्मेदवार शून्य देखिएका छन् । कूल १३ उम्मेदवार रहेको उक्त निर्वाचन क्षेत्रमा महिला र दलित उम्मेदवारको संख्या शून्य रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

विभिन्न राजनीतिक दलबाट ८ जना पुरुष उम्मेदवार रहेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा कूल मतदाताको संख्या १,१०,६५९ रहेको छ ।

जसमध्ये ६२ हजार ८४७ पुरुष र ४७ हजार ८१२ महिला मतदाता छन् ।  समावेशीकरणतर्फ समेत दलित उम्मेदवारको संख्या शून्य देखिएको छ ।

यस क्षेत्रमा १५.३८ प्रतिशत मुस्लिम, ७.६९ प्रतिशत थारू, ७.६९ प्रतिशत आदिवासी जनजाति उम्मेदवार र ६९.२३ प्रतिशत मधेशी उम्मेदवार रहेका आयोगको तथ्यांकले देखाएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी गरी ८ जना राजनीतिक दलका उम्मेदवार  र ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : ५३ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.