१४ फाल्गुन २०८०, सोमबार

ब्याङकक घोषणापत्र जारी गर्दै एपेक शिखर सम्मेलन सम्पन्न



ब्याङकक । सुदृढ, सन्तुलित, सुरक्षित, समावेशी विकास प्रवद्र्धनको प्रतिबद्धताका साथ एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक)का प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने शिखर सम्मेलन ब्याङकक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सन् २०४० सम्ममा एशिया–प्रशान्त क्षेत्रलाई खुला, गतिशील, लचिलो र शान्तिपूर्ण भूभागका रुपमा विकास गर्ने तथा एशिया–प्रशान्त समुदायलाई उन्नत बनाउने लक्ष्य निर्धारण गर्दै पारित घोषणापत्रमा विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ तुल्याउनेमा जोड दिइएको छ ।

नेतृत्वपङ्तिले यो वर्ष एशिया– प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार क्षेत्रलाई अगाडि बढाउन भएको प्रगतिको स्वागत गरेको छ भने त्यसको गतिलाई गुणस्तरीय ढङ्गले निरन्तरता दिन सहमति जनाएको छ ।

घोषणापत्रमा भौतिक, संस्थागत र जनताबीचको सम्पर्कलाई सुदृढ गर्ने, ‘डिजिटल कनेक्टिभिटी’बाट अधिकतम लाभ लिने, गुणस्तरीय पूर्वाधार विकास र लगानीका माध्यमबाट क्षेत्रीय, उप–क्षेत्रीय र दुर्गम क्षेत्र जोड्न आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

एशिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक मञ्च एपेकलाई आधुनिक, कुशल र प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सदस्य राष्ट्रबीच सहयोग बढाउने, हरित अर्थतन्त्रको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिने।

नेतृत्वलाई सुदृढ पार्ने प्रयासमा जोड दिने, साझा चुनौतीको व्यावहारिक समाधानमा योगदान पु¥याउने, दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०३० भित्र हासिल गर्ने लक्ष्य निर्धारण गरेका विश्वव्यापी प्रयासमा हातेमालो गर्दै अघिबढ्ने दृढता घोषणापत्रमा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : १२ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२