१४ फाल्गुन २०८०, सोमबार

प्रचण्डले मतदान गर्दै भने- ‘चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो’



काठमाडैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।

दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।

चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् । जसमा पुरूषभन्दा महिला मतदाता धेरै रहेका छन् ।

मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए। उनले भने,चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ०० बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२