१५ फाल्गुन २०८०, मंगलबार

विराटनगरबाट मतदान गर्न राजविराज आएका विवेकको जब भोट लिस्टमा नाम नै भेटिएन‍‍…



सप्तरी । राजविराज- ३ का ३४ वर्षीय विवेककुमार भट्टराई जारी प्रतिनिधिसभा र प्रदेशसभाकोको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आए ।

उनी बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम खोज्दा उनको नाम मतदाता नामावली पाइएन् ।

नाम नभएको सुन्ने बितिक्कै उनी छक्क परे । उनको स्थानीय तहको चुनावमा नाम थियो । उनले मत पनि खसाएका थिए । अहिले नाम कसरी छैन ? भन्ने विषयमा मतदान अधिकृत निरन्जन यादवलाई जानकारी गराए ।

आफ्नो नाम नभएको जानकारी गराउनेबित्तिकै निर्वाचन अधिकृतले निर्वाचन कार्यालय सप्तरीमा सम्पर्क गर्दा डिलिट भएको हुन सक्ने प्रतिक्रिया पाएपछि उनले विवेकलाई निर्वाचन कार्यालयमा सम्पर्क गर्न भने ।

उनले निर्वाचन कार्यालयको वेब साइडमा पनि हेर नाम भेट्टाएनन् । त्यसपछि उनी निराश हुँदै फर्के । मत हाल्नैको लागि विराटनगरबाट आएका उनले कर्मचारीको लापरबाहीले मताधिकारबाट बन्चित हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे ।

राजविराज-३ का ७० वर्षीय हैदर अली पनि मतदानको दिन मतदान स्थलमा मत खसाल्नका लागि बिहानदेखि १२ बजेसम्म चार पटक धाए ।

उनले पनि नाम भेटेनन् । निर्वाचनको वेब साइडमा खोज्दा पनि उनको नाम र क्रम संख्या भेटिएन् । उनी मताधिकार बन्चित भएको भन्दै आक्रोशित हुँदै फर्के ।

१५ सय ४८ मतदाता रहेको उक्त मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ५ सय ५० जनाले मतदान गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ५२ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.